कैलालीबाट चोरी मुद्दाको फरार प्रतिबादी पक्राउ

धनगढी : कैलालीको जोशीपुरबाट चोरी मुद्दाको फरार प्रतिबादी पक्राउ परेका छन्।

कैलालीको जोशीपुर गाउँपालिका–७ बस्ने मोहमद हरीफ शुक्रवार पक्राउ परेका हुन्।

जिल्ला अदालत कैलालीको फैसलाले उनलाई १ वर्ष १० महिना १५ दिन कैद सजाय र ४० हजार ५१२ जरीवाना ठहर गरेको थियो।

फरार रहेका हरीफलाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले शुक्रवार दिउँसो जोशीपुर गाउँपालिका–३ कांडा बजारबाट पक्राउ गरेको जनाएको छ।

Loading...