कैलालीको शंकरपुरमा मोटरसाइकलले बसलाइ ठक्कर दिदाँ चालक घाइते

धनगढी : कैलालीको शंकरपुरमा मोटरसाइकलले बसलाइ ठक्कर दिदाँ चालक घाइते भएका छन ।

गौरीगंगा नगरपालिका वडा नम्बर ९ शंकरपुरमा बसमा ठोकिएको मोटरसाइकललाई अर्को बसले किचेको हो। गौरीगंगा–८ बडैपुरका ३८ वर्षीय गोपी नेपालीले चलाएको से ६ प ९३ को मोटरसाइकल बसमा पछाडिबाट ठोक्किएको थियो।

लम्किचुहा नगरपालिका–४ बस्ने ३८ को बलेराम चौधरीले चलाएको ना ५ ख ९६४६ को रोकिएको बसमा मोटरसाइकल ठोकिएको हो। सडकमा पल्टिएको अवस्थामा विपरीत दिशाबाट आइरहेको ना ६ ख ७४४३ नम्बरको बसले मोटरसाइकललाई किचेको थियो।

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ बस्ने ४३ को पुष्कर भट्टले चलाएको उक्त बसका कारण गोपी घाइते छन्।

उनको धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Loading...