कैलालीबाट छ बोरा पटका बरामद

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका १ शान्तिनगरबाट भन्सार छलीको सामान बरामद गरिएको छ।

भन्सार छली ल्याएका अन्दाजी ३३ हजार ६ सय मुल्य बराबरको ४२ पिस सुट बरामद गरिएको छ।

यस्तै धनगढीकै ३ नम्बर वडाको भन्सार रोड स्थित त्रिनगरबाट अन्दाजी ८० हजार मुल्य बराबरको प्रतिबन्धित बिष्फोटक पदार्थ ६ बोरा पटका र आतीसबाजी बरामद गरिएको प्रहरीले जनाएको छ।

Loading...