धनगढीको एक होटलका म्यानेजर बेपत्ता

धनगढी : कैलालीको धनगढी स्थित नयाराम होटलका म्यानेजर बेपत्ता भएका छन्।

नयाराम होटलका म्यानेजर १९ वर्षीय भाष्कर भट्ट शनिबार सम्पर्कविहिन भएका हुन्।

उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दले बताए। उनका अनुसार उनले कञ्चनपुरको डोकेबजारबाट आमालाई फोन गरेर अब आउँदिन् भन्ने जानकारी दिएका थिए।

त्यसपछि भने उनको मोबाइल अफ छ। भट्टकि आमाले बिशालनगर प्रहरीलाई खबर गरेपछि अहिले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

Loading...