कञ्चनपुरबाट ४ जना लागूऔषधसहित पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा लागूऔषधसहित ४ जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका–८ कलकत्ताबाट २.०२ ग्राम लागूऔषधसहित बेल्डाडी गाउँपालिका–३ बैवाह बस्ने १९ वर्षीय सुदिप चौधरीलाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको छ।

चौधरीलाई ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी पक्राउ गरेको बताएको छ।

यस्तै भीमदत्त नगरपालिका–१३ भाईरल रोडबाट ४० ग्राम लागूऔषधसहित भीमदत्त नगरपालिका–१२ र १३ बस्ने ३ जना किशोरलाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी झोलुङ्गे, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित उनीहरुको साथबाट खुकुरी १ थानसमेत फेला पारी तीनै जनालाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Dhangadhi 2081
Loading...