धनगढी : सुदूरपश्चिम प्रदेशसभाको आज बोलाइएको बैठक स्थगित भएको छ।
कार्य व्यवस्था परामर्श समितिको निर्देशनमा प्रदेश सभाको बैठक स्थगित गरिएको हो।
प्रदेश सभाको तेस्रो अधिवेशनको १० औं बैठक आज (शनिवार) दिउँसो २ बजेका लागि बोलाइएको थियो।
समितिको निर्देशनमा सो बैठक अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको प्रदेशसभा सचिवालयका प्रवक्ता नरेन्द्रबहादुर पालले बताए।
