कैलाली र कञ्चनपुरबाट करणी उद्योगका एकसहित तीन जना फरार दोषी पक्राउ

धनगढी : कैलाली र कञ्चनपुरबाट एकै दिन तीन जना फरार दोषी पक्राउ परेका छन। करणी उद्योगका एकसहित तीन जना शनिवार पक्राउ परेका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार कैलालीको जानकी गाउँपालिका–३ का सवारी ज्यान मुद्दामा दोषी ठहर भएर फरार रहेका सत्य नारायण चौधरी पक्राउ परेका छन।

Godawari_Badhi

उनलाई जिल्ला अदालतदे एक महिना पाँच दिन कैद सजाय ठहर गरेको थियो। कैलालीकै टीकापुर नगरपालिका– ६ का रेवन्त कुँवर पक्राउ परेका छन्।

कुँवरलाई लागुऔषध मुद्दामा १८ दिन सजाय तोकिएको थियो। कञ्चनपुरबाट जबरजस्ती करणी उद्योगमा ६ महिना कदै सजाय र तीन हजार जरिबाना तोकिएका ४३ वर्षीय केशवराज भट्ट पक्राउ परेका छन।

जिल्लाको दोधारा चाँदनी–१ का भट्टलाई इलाका प्रहरी कार्यालय, दोधारा–चाँदनीको टोलीले शनिवार पक्राउ गरेको हो।

Dhn Upamahanagarpalika_Badhi
Loading...