कञ्चनपुरको एक घरमा आगलागी हुँदा ५० हजार बराबरको क्षति

धनगढी : कञ्चनपुरमा एक घरमा आगलागी भएको छ। जिल्लाको बेलौरी नगरपालिका–२ टेडुवाका राजु खुनाको घरमा आगो लागेको हो।

प्रदेश प्रहरीका अनुसार राजुको तीन कोठाको कच्ची घरमा शनिवार लागेको आगोका कारण ५० हजार बराबरको क्षति भएको छ। उनको घरमा रहेको अन्न, लत्ता कपडा जलेका हुन्।

स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। विद्युतको तार सर्ट भएर आगो लागेको बताइएको छ। तर, प्रहरीले घटनाको थप अनुसन्धानसमेत गर्दैछ।

Dhangadhi 2081
Loading...