कञ्चनपुर : कञ्चनपुरका एक वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन् ।
जिल्लाको बेलौरी नगरपालिका–९ का वडाध्यक्ष किसान सिंह रानासहित ६ जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीका अनुसार वडा नम्बर ९ कै सुकदेव राना, भंगी राना, अनिरुद्र राना, दुखु राना र सुरज राना पक्राउ परेका छन् ।
बेलौरी–९ का १८ वर्षीय अनुश राना मृत्यु प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रवक्ता डाँगीले बताए । राना गत कार्तिक २४ गते झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । मृतक रानाको परिवारले माघमा हुलाकमार्फत किटानी जाहेरी दिएका थिए ।
जाहेरीपछि आज उनीहरुलाई पक्राउ गरी अदालतबाट म्याद थप गरिएको प्रवक्ता डाँगीले बताए ।
