कृष्ण प्रणामी सेवा धाममा भोलिदेखि महायज्ञ सुरु हुने, प्रदेश प्रमुख जोशीले उद्घाटन गर्ने

कञ्चनपुर : कञ्चनपुरको कृष्ण प्रणामी सेवा धाममा भोलिदेखि महायज्ञ सुरु हुने भएको छ। कृष्णपुर नगरपालिका–५ मंगलनगर मोहना तटमा रहेको कृष्ण प्रणामी सेवा धाममा भोलि (मंगलवार) बाट महायज्ञ सुरु हुने भएको हो।

धामको संरक्षण र प्रचारप्रसार गर्न आयोजना गरिन लागिएको महायज्ञको भोलि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्ने भएका छन्।

Godawari_Badhi

उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कमल बहादुर शाह, भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवा, प्रदेश सभा सदस्य ओम विक्रम भाट (सरल), प्रदेश सभा सदस्य गीता चौधरी लगायतको सहभागीता रहने आयोजकले बताएको छ।

धाममा मूर्ति स्थापना, धार्मिक पर्यटकीय स्थल संरक्षण प्रचार पसार गर्न भोलिदेखि फागुन २८ गते सम्म श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ आयोजना गर्न लागिएको हो।

शिवरात्रीको अवसरमा कृष्ण प्रणामी सेवा धामको धार्मीक र पर्यटकीय विकासका लागि महायज्ञ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। महायज्ञमा मुख्य कथा वाचक साध्वी भागवताचार्य विदुषी मिरामाताजी रहनेछन।

धाम क्षेत्रमा स्नान गर्ने तीर्थ स्थल सँगै आर्यघाट निर्माण गर्ने योजना आयोजकले अघि सारेको छ।

Dhn Upamahanagarpalika_Badhi
Loading...