बैतडी : बैतडीमा एक जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको सुर्नया गाउँपालिका–२ सतबाँझमा सोमबार बिहान एक जना मृत अवस्थामा फेला परेका हुन्। दोगडाकेदार गाउँपालिका–१ रिमका ३७ वर्षीय विरसिंह कुँवर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक नन्दराज जोशीले बताए।
आइतबार जिल्ला प्रशासन कार्यालयमा नागरिकता प्रमाणपत्र बनाउन आएका कुँवर सोमबार बिहान ६ बजे सतबाँझ बजारमा मृत फेला परेका हुन्। कुँवरका श्रीमतीको यसअघि नै मृत्युु भइसकेको र घरमा एक छोरा र एक छोरी छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता समेत रहेका जोशीले बताए।
