कैलाली र कञ्चनपुरको नाकामा भेटिए कोरोना संक्रमित

अत्तरिया : कैलालीको गोरीफन्टा नाका र कञ्चनपुरको गड्डाचौकी नाकामा कोरोना संक्रमित भेटिएका छन । पछिल्लो २४ घण्टामा सो नाकाहरुबाट नेपाल भित्रिएका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रका अनुसार गौरीफन्टा नाकाबाट भित्रिएका ५८ जनामा कोरोना जाँच गर्दा २ जना र गड्डाचौकी नाकाबाट भित्रिएका ३५ जनामा कोरोना परिक्षण गर्दा १ जनाका कोरोना संक्रमण देखिएको हो ।

उनीहरुको एन्टीजेन विधिबाट कोरोना परिक्षण गरिएको केन्द्रले जनाएको छ । आइतबार पनि सो नाकाबाट भित्रिएका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो केही दिन यता दुवै नाकाबाट भित्रिने नेपालीहरुमा कोरोना संक्रमण देखिन थालेको छ ।

एक साताको अवधिमा मात्रै दुवै नाकाबाट भित्रिएका १७ जनामा कोरोना पुष्टि भइसकेको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रले जनाएको छ ।

Dhangadhi 2081
Loading...