श्रीपुर खानेपानीका निर्वाचित पदाधिकारीले सपथ लिए

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका – ७ लालपुरमा रहेको श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिमा निर्वाचित पदाधिकारीहरुले सपथ लिएका छन ।

सोमबार समितिमा निर्वाचित भएका पदाधिकारीहरुलाई निर्वाचन अधिकृत राजेन्द्र खड्काले सपथ खुवाएका हुन । त्यसपश्चात पदाधिकारीहरुलाई पदस्थापन पनि गराईएको थियो ।

समितिको यही फागुन १९ गते भएको निर्वाचनबाट नयाँ कार्यसमिति निर्वाचित भएको थियो । समितिको अध्यक्षमा दिर्घ साउँद, उपाध्यक्षमा बिना गोतामे, सचिवमा खेमराज ओझा र कोषाध्यक्षमा खगेन्द्र राज पनेरु निर्वाचित भएका थिए ।

यस्तै सदस्यहरुमा शेखर पनेरु, घनश्याम जोशी, सुशिल राज उपाध्याय, मेखराज फुलारा र नन्दा देवी साउँद निर्वाचित भएका हुन ।

पदस्थापन पश्चात बोल्दै नवनिर्वाचित अध्यक्ष साउँदले नयाँ कार्यसमिति नयाँ सोचका साथ अगाडी बढ्ने बताए ।

Dhangadhi 2081
Loading...