अत्तरिया : कञ्चनपुरबाट आइतबार एकैदिन ८ जना फरार प्रतिवादी पक्राउ परेका छन । प्रहरीले जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिमा सजाय तोकेका ८ फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका – ४ का सोनु बडैला रहेका छन । उनलाई अदालतले अभद्र व्यवहार मुद्दामा ३ हजार जरिवाना ठहर गरेको थियो । अभद्र ब्यवहार मुद्दामै ५ हजार जरिवाना तोकिएका भिमदत्त नगरपालिका – १८ का आयुष भट्टराई पनि पक्राउ परेका छन ।

यस्तै नकवजनी चोरी मुद्दामा १५ हजार जरिवाना ठहर भएका बेलडाँडी गाउँपालिका –१ बस्ने परिवर्तित नाम जिल्ला ७५ बेलडाँडी (झ) कुमार पनि पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले गालि बेइज्जति मुद्दामा पनि ३ जना पक्राउ परेको छ । पक्राउ पर्नेमा भिमदत्त नगरपालिका – ८ का जोगी गरि दमाई, भरत दमाई र पुनी दमाइ रहेका छन । पक्राउ परेका तिनै जनालाई अदालतले ५/५ सय जरिवाना तोकेको थियो ।
यसैबीच जबरजस्ती करणी मुद्दामा ६ महिना कैद सजाय र ३ हजार जरिवाना तोकिएका दोधरा चाँदनी नगरपालिका –१ का केशब राज भट्ट पनि पक्राउ परेका छन । प्रहरीले सवारी ज्यान मुद्दामा २ हजार जरिवाना ठहर भएका दोधरा चाँदनी नगरपालिका – ७ का नर सिंह धामीलाई पक्राउ गरेको जनाएको छ ।
कृते जालसाँज मुद्दामा १ हजार जरिवाना ठहर भएका भिमदत्त नगरपालिका –६ बस्ने पुरन कुमाललाई पनि आइतबार पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
