अत्तरिया : अवैध लागूऔषध सहित कञ्चनपुरबाट २ जना पक्राउ परेका छन । जिल्लाको भीमदत्त नगरपालिकाबाट २ जना पक्राउ परेका हुन ।
भीमदत्त नगरपालिका–१२ स्थित पुलबाट अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम २९ मिलिग्रामसहित सोही नगरपालिका–६ ऐठपुर बस्ने २० वर्षीय शिरीस बोगटी समेत २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र प्रहरी चौकी झुलुङगेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
