चुरेमा आजदेखी अध्यक्ष कप खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता हुदै

अत्तरिया : कैलालीको चुरेमा आज देखी चौथो अध्यक्ष कप खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । चुरे गाउँपालिकाको आयोजनामा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको हो ।

पालिकाले अध्यक्ष कप खेलकुद प्रतियोगिता अन्तर्गत पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको आयोजना गरिएको शिक्षा शाखा प्रमुख बिबिराज सोतीले बताए । उक्त प्रतियोगिता आज (मंगलबार) देखि २४ गते (बिहीबार) सम्म गाउँपालिकाको प्राङ्गणमा सञ्चालन हुने भएको छ ।

प्रतियोगितामा गाउँपालिका भित्र रहेका ६ वटै वडाबाट महिला पुरुषको दुई/दुई टिमको सहभागिता हुने गाउँपालिका खेलकुद प्रशिक्षक दिपेन्द्र मलासीले जानकारी दिए ।

उक्त प्रतियोगितामा पुरुष तर्फ प्रथम हुने टिमलाई ७७ हजार ७ सय ७७ रुपैया, द्वितीयलाई ५५ हजार ५ सय ५५ रुपैया र तृतीय हुनेलाई ३३ हजार ३ सय ३३ रुपैया सहित प्रमाणपत्र प्रदान गरिने भएको छ ।

त्यस्तै महिला तर्फ प्रथम हुने टिमलाई ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार, द्वितीयलाई ३३ हजार ३ सय ३३ रुपैया र तृतीय हुने टिमलाई २२ हजार २ सय २२ रुपैया सहित प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

Dhangadhi 2081
Loading...