कञ्चनपुरको भीमदत्तबाट वन मुद्दाका फरार प्रतिवादी पक्राउ

कञ्चनपुर : कञ्चनपुरबाट वन मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१० बस्ने ४० वर्षीय देवसिंह साउद रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।

साउदलाई जिल्ला अदालत कञ्चनपुरले २०७२ असार २० गते वन मुद्दामा १ हजार ५४२ रुपैँया जरिवाना ठहरगरेपछि उनी फरार रहेका थिए।

उनलाई सोमवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

Dhangadhi 2081
Loading...