कञ्चनपुरबाट अवैध सामान बरामद

अत्तरिया : कञ्चनपुरबाट अवैध रुपमा भारतबाट भित्र्याइदै गरेको दुध पाउडर सहितका सामान बरामद गरिएका छन ।

नेपाली किसानले दुधको मूल्य नपाउनुको कारण भारतबाट अवैध दुध पाउडर आयात भइरहेको आरोप लगाइरहेकै बेला सोमबाट प्रहरीले दुध पाउडर सहितका १ लाख बढीका अवैध सामान बरामद गरेको हो ।

प्रहरीले भीमदत्त नगरपालिका – ६ सुकासालबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १ लाख २ हजार १७० रुपैयाँ मुल्य बराबरको दुध पाउडर, खाने तेल, सुर्ती, डिउ, सलाई, बिस्कुट, बिडी, चियापत्ती, मिठाई, मटर, प्लास्टिक, नरिवल, लेडिज सुट लगायतका सामानहरु बरामद गरेको छ ।

उक्त समान फेला पारेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उक्त सामान आवश्यक कारवाहीको लागि प्रहरीले भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको जनाएको छ ।

Dhangadhi 2081
Loading...