दशरथचन्दका प्रशासकीय अधिकृत थप जिम्मेवारीमा

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीलाई डिलाशैनी गाउँपालिकाको पनि जिम्मेवारी दिइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले डिलाशैनीको प्रमुख प्रशासकीय अधिकृतको रुपमा जोशीलाई थप जिम्मेवारी दिएको हो ।

जोशीलाई डिलाशैनीमा प्रमुख प्रशासकीय अधिकृत नखटाएसम्मका लागि जिम्मेवारी दिइएको हो ।

डिलाशैनी लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन रहेको थियो ।

Nabadurga Sunchadi
Loading...