सुदूरपश्चिममा माओवादीका मन्त्री बर्खास्त, कर्णालीका कांग्रेस मन्त्रीहरूले दिए राजीनामा

काठमाण्डौ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीलाई बर्खास्त गर्नुभएको छ ।

केन्द्रमा बनेको नयाँ गठबन्धनपछि प्रदेशका माओवादीका दुई मन्त्री र एक राज्यमन्त्रीलाई मुख्यमन्त्री शाहले हटाउनुभयो । मुख्यमन्त्री शाह नेपाली कांग्रेसका हुनुहुन्छ ।

Godawari_Badhi

सामाजिक विकासमन्त्री झपट साउद र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र राज्यमन्त्री गीतादेवी माललाई मुख्यमन्त्री शाहले हटाउनुभएको हो । यसअघि गण्डकी प्रदेशमा पनि मुख्यमन्त्री सुरेन्द्र पाण्डेले माओवादीका दुई जना मन्त्रीलाई हटाउनुभएको छ ।

यस्तै कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूले राजीनामा दिएका छन् । कांग्रेसले माओवादीका मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन पनि फिर्ता लिएको हो ।

कर्णाली सरकारमा कांग्रेसबाट खड्गबहादुर पोखरेल, कृष्णकुमार बीसी र बेदराज सिंह मन्त्री हुनुहुन्थ्यो ।

Dhn Upamahanagarpalika_Badhi
Loading...