कञ्चनपुरको कृष्ण प्रणामी सेवा धाममा महायज्ञ सुरु

अत्तरिया : कञ्चनपुरको कृष्णपुर नगरपालिका – ५ मंगलनगर मोहना तटमा हिजो (मंगलबार) बाट महायज्ञ सुरु भएको छ।

कृष्ण प्रणामी सेवा धामको संरक्षण र प्रचारप्रसार गर्न महायज्ञ सुरु गरिएको हो। महायज्ञको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका छन।

Godawari_Badhi

धाममा मूर्ति स्थापना, धार्मिक पर्यटकीय स्थल संरक्षण प्रचार पसार गर्न सुरु भएको महायज्ञ फागुन २८ गते सम्म सञ्चालन हुने छ। शिवरात्रिको अवसरमा कृष्ण प्रणामी सेवा धामको धार्मिक र पर्यटकीय विकासका लागि महायज्ञ आयोजना गरिएको आयोजकले जनाएको छ।

महायज्ञमा मुख्य कथा वाचक साध्वी भागवताचार्य विदुषी मिरामाताजीले गरिरहेकी छिन। उनले हिन्दु धर्मको संरक्षणमा महायज्ञले ठूलो भूमिका खेल्ने बताइन। महायज्ञबाट नयाँ मूर्ति स्थापना गरिने बताईएको छ।

उक्त धाम कैलाली र कञ्चनपुरको सीमा क्षेत्र छुट्याउने मोहना नदी किनारमा २०६६ सालमा स्थापना गरिएको थियो।

Dhn Upamahanagarpalika_Badhi
Loading...