कैलालीमा एक महिलासहित ६ जना पक्राउ

अत्तरिया : कैलालीमा सजाय नभोगी फरार रहेकी एक महिलासहित ६ जना पक्राउ परेका छन् ।

प्रदेश प्रहरी कार्यालयका अनुसार जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका ६ जना प्रतिवादी पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा वन पैदावार ओसारपसार मुद्दामा ४ हजार ५०५ रुपैयाँ जरिवाना ठहर भएका गौरीगंगा नगरपालिका–३ का दिलबहादुर खत्री, सोही मुद्दामा १५ दिन कैद सजाय १६ हजार ३२५ रुपैयाँ जरिवाना ठहर भएका बर्दगोरिया गाउँपालिका–६ का मानबहादुर सुनार र ५ दिन कैद सजाय २६ हजार ४१८ रुपैयाँ जरिवाना ठहर भएका भएका बर्दगोरिया–६ कै महेन्द्र विश्वकर्मा रहेका प्रहरीले जनाएको छ ।

त्यसैगरी सवारी ज्यान मुद्दामा २ महिना कैद सजाय ठहर भएकी लम्कीचुहा नगरपालिका–१० बस्ने आइतवारी डगौरा, सोही मुद्दामा १ महिना ८ दिन कैद सजाय २ हजार रुपैयाँ जरिवाना ठहर भएका गौरीगंगा नगरपालिका–३ का अमृत चौधरी र लागुऔषध (गाँजा/चरेस) मुद्दामा १० दिन कैद सजाय र २ हजार रुपैयाँ जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–४ बस्ने तेजबहादुर धामी रहेका छन् ।

उनीहरुलाई मंगलवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी इकाइहरुबाट खटिएको टोलीले पक्राउ गरेको बताइएको छ ।

Nabadurga Sunchadi
Loading...