बैतडीमा ट्रकसहित अवैध सामान बरामद, एक जना पक्राउ

बैतडी : बैतडीमा ट्रकसहित १९ लाख बढीको अबैध सामान बरामद गरिएको छ।

जिल्लाको मेलौली नगरपालिका–३ लामालेकबाट से १ ख २०१४ नम्बरको ट्रकसहित अबैध सामान प्रहरीले बरामद गरेको हो।

चार लाख ८ हजार ४ सय ४० रुपैयाँको अवैध सामान र १५ लाखको ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक नन्दराज जोशीले बताए।

बुधबार बिहान ३ बजेको समयमा ट्रकसहित भन्सार छलीको सामान र चालक पाटन नगरपालिका–८ का ४५ वर्षीय गणेश मडैलाई नियन्त्रणमा लिएको उनले बताए।

बरामद सामान र ट्रकलाई कैलाली भन्सार कार्यालय धनगढी पठाइएको छ।

Dhangadhi 2081
Loading...