कञ्चनपुरमा २ युवतीसहित ३ जना पक्राउ

अत्तरिया : कञ्चनपुरमा लागुऔषध बोकेका २ युवतीसहित ३ जना पक्राउ परेका छन् ।

भीमदत्त नगरपालिका–११ भुजेलाबाट भीमदत्त–१८ भगतपुर बस्ने दीपक महरा, अमृता खत्री र दोधारा चाँदनी नगरपालिका–७ बस्ने प्रियङ्का चन्द पक्राउ परेका हुन् ।

उनीहरुलाई १.४० ग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला पारी मंगलवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Nabadurga Sunchadi
Loading...