कञ्चनपुरमा अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका ब्रोइलर कुखुरा नष्ट

अत्तरिया : कञ्चनपुरमा अवैध ब्रोइलर कुखुरा नष्ट गरिएको छ ।

जिल्लाको कृष्णपुर नगरपालिका–३ देखतभुलीबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १५ हजार मूल्यका ब्रोइलर कुखुरा नष्ट गरिएको हो ।

मंगलवार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि उक्त ब्रोइलर कुखुरा नष्ट गरेको प्रदेश प्रहरीले जनाएको छ ।

Dhangadhi 2081
Loading...