कैलालीको मोहना नदीमा एक जना मृत फेला

धनगढी : कैलालीमा बुधवार (आज) एक जना मृत अवस्थामा फेला परेका छन्।

Godawari_Badhi

भजनी नगरपालिका–३ कुसमघाट स्थित मोहना नदीमा नामथर, वतन नखुलेका अन्दाजी २४/२५ वर्षका पुरुषलाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।

उनको पाईन्टको खल्तीमा वर्ष २३ को प्रकाश विश्वकर्मा नामको पासपोर्ट भिजेको अवस्थामा भेटिएको छ।

घटनाका सम्बन्धमा थप अनुस्न्धान भइरहेको ईलाका प्रहरी कार्यालय भजनीले जनाएको छ।

Dhn Upamahanagarpalika_Badhi
Loading...