अत्तरिया : बालबिबाह निवारण परियोजना बाल सरक्षण र लौगिक हिंसा सम्बन्धि सेबा प्रदायकहरुको नसांकन प्रकाशन र बितरण सम्बन्धि छलफल चुरेमा सम्पन्न भएको छ ।
हिंसा पीडितहरुले पाउने सेवाहरु सहजै रुपमा लिन सक्ने गरी विभिन्न निकायले प्रदान गरिने सेवाहरु एकत्रित गरेर नक्सांकन गरिएको हो ।
चुरे गाउँपालिकाले हिंसामा परेका व्यक्ति र बालबालिकाहरुलाई दिने सेवालाई शाखागत रुपमा नक्सांंकन गरिएको छ । जिल्लामा रहेको यस क्षेत्रमा संलग्न सरकारी र गैरसरकारी क्षेत्रको समेत कार्यालय, सेवा र सम्पर्क व्यक्तिको विवरण उल्लेख गरिएको छ ।
छलफल कार्यक्रम सेबा नक्सांकन एक द्वार प्रणाली नक्सांकन बनाइ सहयोग गरिएको छ । युनिसेबको आथिक सहयोग निस्ट नेपाल को आयोजना मा चुरे गाउपालिका का अध्यक्ष चक्र बहादुर बोगटीको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा गरिएको नक्सांकन चुरे गा.पा.लाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रमको सञ्चालन निस्ट नेपाल कि समाजिक परिचालक लक्ष्मी कुमारी लुहारले गरेकी हुन भने कार्यक्रमको प्रशिक्षण कार्य प्रशिक्षक सुरज परियारले गरेका थिए ।
