गोदावरी नगरपालिकाद्धारा दृष्टि फाउन्डेसनलाई सहयोग

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले धनगढीमा रहेको दृष्टि फाउन्डेसनलाई ३ लाखको सामग्री सहयोग गरेको छ ।

नगरपालिकाले फाउन्डेसनलाई खाद्यान्न, लुगा कपडा लगायतका ३ लाख बराबरका सामग्री सहयोग गरेको हो । उक्त सामग्री बिहीबार एक कार्यक्रमका बीच गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्ट, महिला तथा बालबालिका शाखा प्रमुख गोदावरी धामीको उपस्थितिमा दृष्टि फाउन्डेसनकी सञ्चालिका कल्पना भट्टलाई हस्तान्तरण गरिएको थियो ।

पालिकाले चामल, साबुन, सोडा, चाउचाउ बिस्कुट, टुथपेस्ट, ब्लाङकेट, तरकारी, बालबालिका तथा मानसिक सन्तुलन गरेका महिलाहरुका लागि लुगा कपडा लगायत सर सामान वितरण गरेको जानकारी शाखा प्रमुख गोदावरी धामीले बताइन ।

सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख भट्टले सार्वजनिक स्थलमा कष्टकर जीवन बिताइरहेका, बेसहारा तथा मानसिक सन्तुलन गुमाएका बिरामीहरूलाई एकत्रित गरेर दृष्टि फाउन्डेसनले उत्कृष्ट कार्य गरेको बताए ।

Dhangadhi 2081
Loading...