सुदूरपश्चिम पृतना हेडक्वाटर तेघरीले धनगढी रङ्गशालामा ३ दिन सेना दिवस मनाउने

धनगढी : नेपाली सेनाको सुदूरपश्चिम पृतना हेडक्वाटर तेघरीले धनगढी रङ्गशालामा महाशिवरात्री तथा नेपाली सेना दिवस मनाउने भएको छ ।

नेपाली सेनाले आफ्नो पेशागत क्षमता अभिवृद्धिका साथै सैनिक नागरिक सम्बन्ध सुमधुर राख्न २६१औँ स्थापना दिवस मनाउन लागेको सुदूरपश्चिम पृतनाले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । धनगढीस्थित कवर्ड हलको खेल मैदानमा फागुन २६, २७ र २८ गते ‘विविध सैनिक प्रदर्शनी ‘युनीटी रन–२०८०’ समेत हुने जनाइएको छ ।

२८ गते बिहान ७ बजे ‘युनिटी रन–२०८०’ का विभिन्न विधाहरुमा उमेर समूह अनुसार ५ किलोमिटर दौड प्रतियोगिता हुनेछ ।

दौडमा भाग लिने कक्षा १० सम्म र ११ तथा १२ कक्षामा अध्ययन गर्ने विद्यार्थीमध्ये प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार दिइने नेपाली सेनाको सुदूरपश्चिम पृतनाले जनाएको छ। महिला र पुरुषको १० किलोमिटर खुल्ला दौड प्रतियोगिता पनि हुने भएको छ । दौडमा प्रथम स्थान हासिल गर्ने महिला र पुरुषलाई माउन्टेन बाइकसहित नगद १५ हजार पुरस्कार दिइने भएको छ ।

द्वितीय हुनेलाई नगद १० हजार तथा तृतीयलाई नगद ७ हजार पुरस्कार दिइने बताइएको छ ।

Dhangadhi 2081
Loading...