कञ्चनपुर : कञ्चनपुरमा लागूऔषधसहित एक युवती पक्राउ परेकी छिन्।
भीमदत्त नगरपालिका–१८ कटानबाट ०.२१ ग्राम लागूऔषध (खैरो हेरोईन)सहित बेदकोट नगरपालिका–९ सिसैया बस्ने २८ वर्षीया रीतिका बमलाई बिहीवार राति प्रहरीले पक्राउ गरेको हो।
गोप्य सुचनाको आधारमा नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बमको कोठामा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ।
