कैलालीमा भन्सार छलीका अबैंध सामान बरामद

धनगढी : धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका ३ चौराह नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ४८ हजार ७ सय मूल्यको सामान प्रहरीले बरामद गरेको हो।

उक्त मूल्यको प्याज,चिनी,सरफ,चियापत्ती,टि–सर्ट लगायतका सामान बिहीवार राति प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Dhangadhi 2081
Loading...