कैलालीबाट वन मुद्दामा फरार रहेका २ जना पक्राउ

अत्तरिया : वन मुद्दामा अदालतबाट जरिवाना ठहर भएर फरार रहेका कैलालीको गोदावरी नगरपालिका –९ का प्रलाद राना पक्राउ परेका छन ।

जिल्ला अदालत कैलालीबाट जरिवाना ठहर भई फरार रहेका रानालाई बिहिबार प्रहरीले पक्राउ गरेको हो । उनलाई अदालतले ४ हजार ९९२ रुपैयाँ जरीवाना ठहर गरेको थियो ।

यस्तै वन मुद्दामै जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका – १० का मोहन राना पनि पक्राउ परेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

उनलाई पनि अदालतले ४ हजार ९९२ रुपैयाँ जरीवाना ठहर गरेको थियो । प्रहरीले सवारी ज्यान मुद्दामा २ हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका – १४ का डबल पल्लीमगरलाई पनि पक्राउ गरेको जनाएको छ ।

Dhangadhi 2081
Loading...