सुदूरपश्चिममा सरकार बिस्तार, नाउपाका तीन मन्त्रीले लिए शपथ

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज सरकार बिस्तार गरेका छन् । मुख्यमन्त्री शाहले आज सरकार विस्तार गर्दै ३ जना मन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, ईन्द्र गिरिलाई भुमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र खुशीराम चाैधरी विना विभागिय मन्त्रीमा नियुक्त गरेका हुन् ।

आज नै नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख देवराज जाेशीबाट पद तथा गाेपनियताकाे सपथ ग्रहण गरेका छन् ।

Dhangadhi 2081
Loading...