लागूऔषधसहित धनगढीमा एक युवक पक्राउ

धनगढी : धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–९ बाङग्राकटानबाट २३० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित धनगढी उपमहानगरपालिका–७ भानुचोक बस्ने २९ वर्षीय भरत चौधरीलाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको हो।

अस्थायी प्रहरी पोष्ट शान्तिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आईरहेको बेला लागूऔषधसहित फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ।

Nabadurga Sunchadi
Loading...