स्याउलेबाट घरेलु मदिरा बरामद

धनगढी : कैलालीको गोदावरी नगरपालिका–८ स्थीत स्याउलेबाट अवैध मदिरा बरामद गरिएको छ।

Godawari_Badhi

अस्थाई प्रहरी बिट स्याउलेको टोलीले आज (शनीवार) बिहान अवैध मदिरा बरामद गरेको हो।

स्थानीय हरिना मगरको घरबाट झण्डै एक हजार दुई सय लिटर अवैध घरेलु मदिरा बरामद गरिएको अस्थाई प्रहरी बिट स्याउलेले जनाएको छ।

उक्त रक्सी जनप्रतिनिधी,स्थानीय लगायतको रोहबरमा नष्ट गरिने जनाईएको छ।

Dhn Upamahanagarpalika_Badhi
Loading...