कैलालीको गोदावरीमा दलित महिला सशक्तीकरण तालिम सुरु

अत्तरिया : कैलालीको गोदावरी नगरपालिमा दलित महिला सशक्तीकरण तालिम सुरु भएको छ ।

वडा नम्बर २ को सहयोग र दीपज्योती दलित महिला समूह, चेतनशील दलित महिला बाख्रा पालन समूह र झरना दलित महिला समूहको आयोजनामा तालिम सुरु भएको हो ।

शनिवार देखि सुरु भएको तालिम फागुन २९ गते सम्म सञ्चालन हुने जनाइएको छ । तालिमकी संयोजक सुमित्रा शोपले वडा भित्र रहेका महिलाको सशक्तीकरण गरी सीप सँग जोड्नको लागि तालिम आयोजना गरिएको बताइन् ।

उनले दलित महिला आर्थिक, सामाजिक, राजनीतिक रूपमा अझै पछि परेकाले यस्ता महिलाहरूलाई सशक्तीकरण गर्न तालिम आयोजना गरिएको बताइन् ।

तालिमको उद्घाटन सत्रमा वडा सदस्य डबल बहादुर साउँद प्रमुख अतिथि रहेका थिए । उनले तालिमले महिलालाई सशक्तीकरण गराउन सहयोग पुग्ने बताए ।

Dhangadhi 2081
Loading...