अत्तरिया : कैलालीको गोदावरी नगरपालिका – १२ मा रहेको नायल तालमा अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
वडा कार्यालयसँगको समन्वयमा फोटो पत्रकार महासंघ कैलालीले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । महासंघका कैलाली अध्यक्ष दिनेश विष्टको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका– १२ का वडाध्यक्ष भीम बहादुर खड्का रहेका थिए भने विशिष्ठ अतिथिमा महासंघकै केन्द्रिय सचिव विवेक नागरी रहेका थिए ।
नायल तालको प्रचार प्रसार र प्रर्वद्धनका लागि आयोजना गरिएको कार्यक्रममा सहभागी स्थानियहरुले नायल क्षेत्रमा रहेका पर्यटकिय सम्भावना र त्यहाँका समस्याहरुका बारेमा गुनासाहरु राखेका थिए ।
विकासको मेरुदण्ड नै सडक भएकाले यस तर्फ सबैले ध्यान दिनु पर्ने स्थानीयको माग थियो । कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष खड्काले वडाको बजेटले भ्याएसम्म आफुले नायलको प्रचारका लागि काम गरिरहेको बताए ।
उनले सडकको समस्याका कारण चाहेजती मात्रामा अझै पनि नायलको प्रचार प्रसार हुन नसकेको बताए । कार्यक्रममा फोटो पत्रकार महासंघ कैलालीका प्रतिनिधि, वडा सचिव लोक बहादुर कुँवर, स्वास्थ्यकर्मी रविन्द्र बोहरा लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।
फोटो पत्रकार महासंघ कैलालीका उपाध्यक्ष लोकु सिँह ठकुरीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव राजकुमार साउँदले गरेका थिए ।
