कञ्चनपुर : कञ्चनपुरका एक फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको फैसलाले २ महिना १५ दिन कैद सजाय र २ हजार जरीवाना ठहर भई फरार रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ बस्ने २८ वर्षीय प्रकाश नाथलाई पक्राउ गरिएको छ।
नाथलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनको घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।
