दाइजोमा सुनको सिक्री नपाउँदा विवाह अस्वीकार, बेहुलासहित केही व्यक्ति पक्राउ

पर्सा : वीरगञ्जमा दाइजोमा सुनको सिक्री नपाउँदा बेहुलाले विवाह नै अस्वीकार गरेको बेहुली पक्षले दाबी गरेका छन् ।

Godawari_Badhi

विवाह मण्डपमै विवाद भएपछि पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–२४ रामगढवाबाट बेहुलासहित ७/८ जनालाई सोधपुछका लागि पक्राउ गरेको छ । बेहुला वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कम्प्युटर अपरेटर पदमा कार्यरत छन् ।

सोमबार बाराको कलैयाबाट बेहुला जन्ती लिएर रामगढवा पुगेका थिए । पर्सा प्रहरी प्रवक्ता डीएसपी कुमारविक्रम थापाले यस विषयमा सोधपुछ चलिरहेको र थप उजुरी आएमा कानुनी प्रक्रिया अगाडि बढ्ने बताउनुभएको छ ।

Dhn Upamahanagarpalika_Badhi
Loading...