कैलालीमा ग्याँस बन्द गर्ने क्रममा एक घरमा आगलागी

धनगढी : कैलालीको टीकापुर स्थित एक घरमा ग्याँस बन्द गर्ने क्रममा आगलागी भएको छ।

Godawari_Badhi

टीकापुर नगरपालिका–१ ब्लक नम्बर–९ स्थित आशिष बजगाईको घरको भान्सा कोठामा चिया पकाई ग्याँस बन्द गर्ने क्रममा मंगलवार साँझ आगलागी भएको हो। आगलागी हुँदा भान्साकोठा भित्र रहेका फ्रीज, पङ्खा, किचन ¥याक, ग्याँस चुलो, सोफा सेट, एलइडी टिभी लगायतका सामान गरी अन्दाजी ४ लाख बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Dhn Upamahanagarpalika_Badhi
Loading...