बैतडीबाट ३ जना पक्राउ

बैतडी : बैतडीमा फरार रहेका ३ जना अभियुक्त पक्राउ परेका छन् ।

प्रहरीका अनुसार दशरथचन्द नगरपालिका–६ का ४४ वर्षीय नारायणसिंह ऐरी, ४७ वर्षीय अर्जुनसिंह रावल र ५१ वर्षीय भीमसिंह ठगुन्ना पक्राउ परेका हुन् ।

विष्फोटक पदार्थ सम्बन्धी कसुर मुद्दामा जनही १ महिना १९ दिन कैद सजाय भई फरार रहेका उनीहरुलाई बुधवार गढी बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले बताए ।

उनले पक्राउ परेका तीनै जनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पेश गरिएको बताए ।

Dhangadhi 2081
Loading...