धनगढीमा फरार प्रतिवादी पक्राउ

धनगढी : धनगढीबाट एक फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा २ महिना ५ दिन कैद सजाय ठहर भई फरार रहेका कैलालीको धनगढी उपमहानगरपालिका १२ बस्ने २० वर्षीय भरत सुनार पक्राउ परेका हुन्।

सुनारलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बुधवार घरबाट पक्राउ गरेको हो। उनलाई अदालत समक्ष पेश गरिएको प्रहरीले बताएको छ।

Dhangadhi 2081
Loading...