धनगढी : कैलालीमा दुइ युवक लागूऔषधसहित पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–३ ब्यारेलबाट ९५० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित अछाम साँफेबगर नगरपालिका–४ बस्ने ३० वर्षीय सन्तोष सुनारलाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो।
सुनारलाई प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आईरहेको अवस्थामा लागूऔषधसहित पक्राउ गरेको हो। यस्तै टीकापुर नगरपालिका–३ रामपुरबाट १०० मिलिग्राम खैरो हेरोईनसहित जानकी गाउँपालिका–७ बस्ने २६ वर्षीय राजकुमार चौधरी पनि बुधबार साँझ पक्राउ परेका छन्।
चौधरीलाई ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
