कञ्चनपुरमा एक जना भरुवा बन्दुकसहित पक्राउ

धनगढी : कञ्चनपुरमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको कृष्णपुर नगरपालिका–४ वेलकुण्डीबाट बन्दुकसहित ४४ वर्षीय मोहन राना पक्राउ परेका हुन्। इलाका प्रहरी, झलारीको टोलीले रानालाई बिहिवार साँझ घरबाटै पक्राउ गरेको हो। रानाको घरमा प्रहरीले तलासी गरेको थियो।

घरमा लुकाएको बन्दुकसहित रानालाई पक्राउ गरिएको नेपाल प्रहरीले बताएको छ। उक्त घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

Dhangadhi 2081
Loading...