कैलालीमा अवैध सामान फेला

अत्तरिया : कैलालीमा प्रहरीले झण्डै एक लाखको अवैध सामान फेला पारेको छ ।

जिल्लाका विभिन्न स्थानबाट ९४ हजार ७०५ रुपैयाँ बराबरको अवैध सामान प्रहरीले बेवारिसे अवस्थामा फेला पारेको हो ।

धनगढी उपमहानगरपालिका–२ ट्राफिक चोक, धनगढी–९ त्रिवेणीघाटबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ४९ हजार ५२५ मूल्यको प्याज, चिनी, मिठाई, सुर्ती, बिडी, बसको क्लच बेरिङ, बसको एयर फिल्टर लगायतका सामान बिहीवार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरीले बताएको छ ।

त्यस्तै, टीकापुर नगरपालिका–८ चौगुर्दि नजिक भित्री सडकखण्डबाट ३२ हजार १८० मूल्य बराबरको बिडी, सुर्ती, प्लाष्टिक डोरी, प्लाष्टिक रोल, चक्लेट लगायतका सामान र भजनी नजरपालिका–३ कनैयापुरबाट १३ हजार मूल्य बराबरको सामान नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

Nabadurga Sunchadi
Loading...