धनगढीमा खैरो हेरोइनसहित एक जना पक्राउ

धनगढी : कैलालीको धनगढीमा खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।

शुक्रबार धनगढी उपमहानगरपालिका–१८ फुलबारी तुलसिबारी चोकबाट उनी पक्राउ परेका हुन्। भारतको लखिमपुर पलियाकला खिरीका २० वर्षीय करन राना पक्राउ परेको प्रहरीले बताएको छ।

रानालाई १७ ग्राम २४० मिलीग्राम हेरोइनजस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरिएको हो। उनलाई नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र स्थानीय प्रहरीको टोलीले पक्राउ गरेको हो।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Dhangadhi 2081
Loading...