कैलालीमा फेरी आगलागी भयो लाइटर बोकेको ट्रकमा

सुखड : कैलालीमा लाइटर बोकेको ट्रकमा आगलागी भएको छ । विगरञ्जबाट धनगढी आउँदै गरेको प्र. ३-०३-००१ ख ००१२ नं को ट्रकमा आगलागी भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र विकले जानकारी दिए ।

लाइटर,औषधि र खुर्सानी बोकेको उक्त ट्रकमा लाइटरकै कारण आगो लागेको प्रहरीले अनुमान गरेको छ । दिउँसो ३ बजेतिर कैलालीको बर्दगोरिया गाउँपालिका १ मुडा बजार नजिक आगो लागेको थियो ।

प्रहरीका अनुसार झण्डै १० प्रतिशत लाइटर,औषधि र खुर्सानी जलेको छ । साथै आगलागीबाट ट्रकको अगाडीको भागमा क्षति पुगेको छ ।

घोडाघोडी र लम्की चुहा नगरपालिकाको दमकल चाडै आउँदा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । यस अघि सोमबार पनि कर्णाली पुलमाथि लाइटर बोकेको ट्रकमा आगलागी भएको थियो ।

Loading...