कञ्चनपुर : कञ्चनपुरबाट लागूऔषध मुद्दाका फरार दोषी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ बस्ने २७ वर्षीय रामप्रसाद डगौरा रहेका छन्। जिल्ला अदालत कञ्चनपुरले २०७९ मंसिर २५ गतेको फैसलाले लागूऔषध (खैरो हेरोईन) मुद्दामा १० महिना २३ दिन कैद सजाय ठहर भएपछि उनी फरार रहेका थिए।
डगौरालाई शनिवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनकै घर ठेगानाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्ष प्रकाश डाँगीले बताए।
