कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

धनगढी : कैलालीमा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्।

टीकापुर नगरपालिका–३ कटानपुरबाट २४० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित सोही ठाउँ बस्ने १९ वर्षीय समिर चौधरीलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

चौधरीलाई ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। यसैगरी धनगढी उपमहानगरपालिका–३ ब्यारेल नजिकबाट २ ग्राम ८५० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित गोदावरी नगरपालिका–४ बस्ने २२ वर्षीय बिशाल ऐडीलाई पनि शनिवार साँझतिर प्रहरीले पक्राउ गरेको हो।

ऐडीलाई वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए।

Dhangadhi 2081
Loading...