कैलाली, कञ्चनपुर र बैतडीबाट भन्सार छलिका सामान बरामद

धनगढी : सुदूरपश्चिम प्रदेशको तीन जिल्लाबाट भन्सार छलिका सामान बरामद गरिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–३ चौराह र ब्यारेल नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ५३ हजार २८० मूल्यको प्याज,चिनी,मिश्री,सरफ,मिठाई,नरिवल,होलिको लोला,भाडाधुने साबुन,प्लाष्टिक डोरी, लगायतका सामान शनिवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणी मछेली पुल नजिक सडक छेउबाट भन्सार छलिका ६६ हजार ४५० मूल्यको प्याज,चिनी,सुर्ती प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

उता बैतडीको दशरथचन्द नगरपालिका–५ धारीगाड स्थित सडक किनारबाट भन्सार छलिका २२ हजार ४९५ मूल्यको चिनी, सोयाबिन,खानेतेल,चप्पल,जिरा,प्लाष्टिक डोरी,पास्ता,अचार, लगायतका सामान शनिवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

Dhangadhi 2081
Loading...